एजेन्सी ।। बिहार प्रदेशको विधानसभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको एनडीए गठबन्धनबाट नेता नीतीश कुमार सोमवार मुख्यमन्त्री पदको शपथ लिँदैछन् ।

सोमवार अपराह्न साढे ४ बजे शपथ कार्यक्रम निर्धारण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गठबन्धनमा सहभागी ४ पार्टीले आइतवार नीतीशलाई नेता चयन गरेका थिए ।

गठबन्धनको ठूलो दल भारतीय जनता पार्टी (भाजपा) बाट नेता सुशीलकुमार मोदी नीतीश सरकारमा सहभागी नहुने भएका छन् । भाजपाले मोदीको ठाउँमा तारकिशोर प्रसादलाई उपमुख्यमन्त्री बनाउने सम्भावना रहेको जनाइएको छ ।

यसअघि भाजपाले तारकिशोर प्रसादलाई पार्टी विधायक दलको नेता र रेणुदेवीलाई उपनेता चयन गरिसकेको छ । बिहारमा पार्टीले राम्रो प्रदर्शनपछि मोदीलाई केन्द्र सरकारमा नयाँ जिम्मेवारी दिने चर्चा चलेको छ ।


बिहार विधानसभा चुनावको अन्तिम परिणाममा सत्तारुढ एनडीए गठबन्धनले १२५ सिट ल्याएको थियो । बहुमतका लागि १२२ सिट आवश्यक थियो । चुनावमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय जनता दल (आरजेडी) नेतृत्वको गठबन्धनले बहुमत नल्याएपछि सरकार बनाउन सकेन । आरजेडीले ७५ सिट जितेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here