काठमाडाैं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सदभाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नाका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने तथा देउसीभैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पु¥याउने उहाँको विश्वास छ । तिहारको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्वको तिहार प्रकाशको पर्व पनि भएको उल्लेख गर्दै तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ । उहाँले कोभिड–१९ महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य तथा समाजको बृहत् सुरक्षालाई ध्यान दिई तिहार पर्व मनाउन सबैमा आग्रह समेत गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको प्रगतिको कामना गर्दै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘चाडपर्वको समयमा पारिवारिक तथा सामाजिक अन्तरक्रियाहरू अझ बढ्ने हुँदा पूर्वसावधानी पालना गर्नु झनै जरुरी हुन आएको छ ।’ यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवतको नयाँ वर्ष ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल संवतको नयाँ वर्षका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस संवतले सम्पूर्ण नेपालीका बीचमा आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here