रौतहट ।। देश निर्माणमा ईन्जिनियर्स एक पिलरको रुपमा रहेको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताउनु भएको छ ।
नेशनल ईन्जीनियर्स एसोशिएसन नेपाल रौतहटले आयोजना गरेको प्रथम जिल्ला सम्मेलन तथा दिपावली छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथिको रुपमो कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नगर प्रमुख गुप्ताले, ईन्जिनियरको विना विकास सम्बभव नरहेको बताए । नेशनल ईन्जिनियर्स एसोशिएसनले गरेको समाजिक कार्यले सकारात्मक सन्देश दिने गरेकोले आफ्ना हकहित संगै समाजिक सेवामा गरिने योग्दान निरंतर जारी राख्न आग्रह गर्दै प्रमुख गुप्ताले, एसोसिएसन नेपालकै नम्वर १ संस्थाको रुपमा आउने विश्वास व्यक्ति गर्दै, शुभकामना व्यक्त गरे ।
रौतहट सदमुकाम गौरमा आयोजत कार्यक्रम नेशनल ईन्जीनियर्स एसोशिएसन नेपाल रौतहटका अध्यक्ष अभिषेख गुप्ताको अध्यक्षतामा भएको थियो भन्ने कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गौर नगरपालिका उप प्रमुख किरण ठाकुर, जिल्ला ईन्जिनियारहरु, संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
देश विकासमा ईन्जिनियर्सकै हात :-मेयर गुप्ता
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।