काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय १३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । यसका साथै कुल सङ्क्रमितको सङ्ख्या २ लाख ४ हजार २ सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गएको २४ घण्टामा २ हजार ३ सय ४९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ६४ हजार ५ सय ९२ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार १ सय ८९ पुगेको छ ।
अब नेपालमा ३८ हजार ४ सय ६१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ९ सय ७४ ना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here