रौतहट ।। रौतहटमा गोली हानी एकयुवतीको हत्या भएको छ । रौतहटको माधवनरायण नगरपालिका ५ मा गएराति करिब ११ बजेको समयमा युवतीको गोली हानी हत्या भएपछि टोलबासीले त्रसित बनेका छन् ।
सो नगरपालिका लौकाहाटोलका राम अयोध्या साहकी १८ वर्षीय छोरी अमृृता कुमारी साह राति घरमा सुतिरहेको अवस्थामा गोली हानी हत्या गरेको छ ।
मृत्क युवतीको टाउकोमा गोली लागेर  घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।गएको २०७६ फागुनमा सर्लाही जिल्लामा बिबाह भएपनि पछिल्लो समय उनी माइतमा नै बस्दै आएकी थिइन ।
उनको सर्लाही मधुवनगोठका रुपेश साह संग विवाह भएको थियो । बिहे भएको केही समयपछि देखी नै माइतमा बस्दै आएको बताइएको छ ।
मृत्क युवतीका श्रीमानलाइ पनि अपरचित व्यक्तिहरुले गएको वैशाखमा चक्कु प्रहारगरी घाइते बनाएका थिए । महिनौको उपचारपछि उनी निको भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन ।
घटनास्थलमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु बिहानै पुगेका छन । युवतीलाई कसले र किन हत्या गर्यो सो बारे हालसम्म केही खुल्न नसकेको तथा घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 
घटनाको सुक्ष्मरुपमा अनुशन्धान भैरहेकोले दोषि चाडो भन्दा चाडो पक्राउ पर्ने रौतहटका सिडिओ इन्द्रदेव यादवले बताएका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here