काठमाडौं ।। विश्वभरमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड भन्दा बढी पुगेको छ। हालसम्मको तथ्यांक अनुसार ५ करोड २ लाख ४१ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र ५ लाख ९२ हजार ५ सयबढी संक्रमितहरु थपिएका थिए।
कोरोनाबाट हालसम्म नै सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ। अमेरिकामा मात्र कोरोना संक्रमित हुनेको सख्या १ करोड नाघेको छ। अमेरिकामा हालसम्म १ करोड १ लाख ७७ हजार ९ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। यस्तै अमेरिकामा गत २४ घण्टामा मात्र १ लाख १९ हजार ३ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। २ लाख ४३ हजार बढीले कोरोनाका कारण ज्यान गुमाएको अमेरिकामा गत २४ घण्टामा मात्र १ हजार बढीको मृत्यु भएको छ।

तथ्यांक अनुसार पछिल्लो समय कुनैबेला कोरानो मुक्त भएको फ्रान्समा दैनिक कोरोनाका संक्रमितहरु थपिने दर बढेको छ। फ्रान्समा गत २४ घण्टामा मात्र ८६ हजार ८ सय ५२ कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँग फ्रान्समा संक्रमित हुनेको संख्या १७ लाख ४८ हजार ७ सय बढिरहेको छ। फ्रान्समा कोरोनाका कारण ४० हजार बढीले ज्यान गुमाएका छन्। १५ लाख ८० हजार बढी सक्रिय संक्रमितको संख्या रहेको फ्रान्समा गत २४ घण्टामा कोरोनाका कारण ३ सय जनाले ज्यान गुमाएको तथ्यांकमा उल्लेख गरिएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here