काठमाडौं ।। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ८८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ।
त्यसतै पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ।

अब नेपालमा ३४ हजार ९ सय ५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै १ हजार २ सय ५४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ७० पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here