कैलाली ।। कैलालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक जना वडा अध्यक्षको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका– ३ का  वडाध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रबार बिहान मृत्यु भएको हो ।

अध्यक्ष शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । 

कडा खालको निमोनिया देखिएपछि कार्तिक १२ गते असपताल भर्ना भएका शाहलाई १७ गते कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि ७३ वर्षीय शाहलाई कोरोना अस्थायी अस्पतालमा सारिएको थियो । उपचारकै क्रममा शाहको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

७३ वर्षीय शाह गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत थिए । 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here