राैतहट ।। जनता समाजवादी पार्टीका निर्वाचन विभाग प्रमुख एवं रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य अनिल कुमार झा को विरुद्धमा रौतहट जिल्लाका महिलाहरु विहिवार सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन !

नेपाल पिछड़ावर्ग ओबीसी महासंघ जिल्ला कार्य समिति रौतहट र अन्तर पार्टी महिला संजालको संयुक्त आयोजनामा महिलाहरुले विरोध प्रदर्शन गरेका हुन ! कार्तिक ११ गतेका दिन रौतहटको यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा सम्वोधन गर्दै काम गर्नको लागि स्वदेशबाट विदेशीएका पुरुषहरुले परिश्रम गरी पठाएको पैसा फ़िल्म हेर्दा हेर्दै पैसा सकाएर अर्को पुरुष संग भाग्ने गरेको भनी दिएको अभिव्यक्ति प्रति रौतहटका महिलाहरु सांसद झा माथि आक्रोशित भएको हो !

गौरको मधेशी क्रांति चौकबाट निस्केको रैलीमा सहभागी महिलाहरुले सांसद अनिल झा राजीनामा दे , दिएको अभिव्यक्ति फिर्ता लिनु , महिला को अपमान गर्न पाईदैन , महिला अधिकारको रक्षा गर , नारीको सम्मान गर , महिला एकता जिन्दाबाद जस्ता नारा लगाउदै जिल्ला प्रसाशन कार्यालयमा प्रदर्शन गर्दै त्यहाबाट फर्केर जिल्ला अदालत नजिक कोण सभामा परिणत भएका थिए !

अन्तर पार्टी महिला संजालका जिल्ला अध्यक्ष भुवनी श्रेष्ठको नेतृत्व भएको कार्यक्रममा सम्वोधन गर्दै अन्तर पार्टी महिला संजालका सदस्य विनीता बोखरेलले सांसद अनिल झा प्रति कड़ा रुपमा प्रस्तुत हुदै आम नेपाली महिलालाइ बदनाम हुने गरी दिएको अभिव्यक्ति गैर जिम्मेवारी पूर्ण भएकोले सांसद पदबाट राजीनामा दिनु पर्ने मांग गरे ! कानून बनाउने , महिलाको अधिकारको सम्मान गर्ने व्यक्ति भएर खुल्ला मंचबाट नेपाली महिलाको चरित्र हत्या गर्ने कार्य अक्षम्य भएकोले सार्वजानिक रुपमा महिलाहरु सित माफी माग्नु पर्ने धरना राखे !

मानव अधिकारको संरक्षण गर्नु पर्नेमा सम्पूर्ण महिलाको अपमान गरेको ले सांसद झा को विरुद्ध पूरे देश भरीमा महिलाहरुले आगो बाल्ने चेतावनी समेत दिए ! महिलाको अधिकारको विषयमा बकालत गर्दै आउनु भएका बोखरेलले सांसद झा को आमा ,श्रीमती ,छोरी ,बहिनी पनि महिला नै भएकोले सांसद झा ले आफ्नो आमाको अस्मिता सित खेलवाड़ गरेको टिपण्णी गरे ! उनले महिलाको प्रति गरेको अभद्र टिपण्णीले सवै मैहलाहरु दुखित भएको भने जिम्मेवार व्यक्तिले छडापन रुपमा महिलाको अपमान गर्न नपाइने बताए ! महिला आदिशक्तिको रूप भएकोले महिलाको अपमान गर्नु पतनको निम्त्याउनु हो सांसद झा को पतन निश्चित नै भएको ठोकूवा गरे !

कोण सभामा सम्वोधन गर्दै संजालकी अध्यक्ष भुवानी श्रेष्ठले जसको कोखबाट जन्म लिएका आमालाइ सांसद अनिल झाले बदनाम गरेको टिपण्णी गरे ! महिला नेत्री श्रेष्ठले सांसद झा को आमा श्रीमती छोरी पनि महिला भएकोले महिलाको प्रतिष्ठा हनन गरेकाले सांसद पदबाट राजीनामा दिनु पर्ने जोड़दार रुपमा मांग गरे ! सांसद झा ले राजीनामा नदीए सम्म विभिन्न रुपमा आन्दोलनको कार्यक्रम जारी रहने भएकोले सो कार्यक्रममा सहभागी हुनको लागि जिल्लाका सवै महिलाहरुलाई आग्रह गरे !

प्रदर्शन कार्यक्रममा फतुआ विजयपुर नगरपालिकाका नगर उपप्रमुख कान्ति देवी महतो , दुर्गा भगवती गाउँपालिकाका उपाध्यक्ष मन्जु देवी झा , महिला संजालका सुनीता श्रेष्ठ , विना साह , मेची महाकाली बुहारी संयुक्त आवाजका रत्ना चौधरी लगायत सयौ महिलाहरु सहभागी भएका थिए !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here