काठमाडौं ।। नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

नेपाल–भारत सुरक्षा सहयोग आदानप्रदानसम्बन्धी १३ औं बैठकमा भएको सहमतिअनुरुप भारतीय स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

सैनिक जनसम्पर्क तथा सूचना दिर्नेशनालयका अनुसार नरवणेले २ वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरण, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा बुधबार काठमाडौं आइपुगेका नरवणे बिहीबार औपचारिक कार्यक्रममा व्यस्त रहे ।

बिहीबार उनले नेपाली सेनाको एक टुगडीले सैनिक मुख्यालयमा आयोजित सम्मान गारत (गार्ड अफ अनर) निरीक्षण गरे । यस्तै, सैनिक मञ्च (टुँडीखेल) पुगेर वीर स्मारकमा अद्धान्जलि अर्पण गरे ।

नरवणेले सैनिक मुख्यालय जङ्गी खडमा ओखरको विरुवा पनि रोपे ।

त्यसपछि नेपाली सेनाका प्रधान सेनापति थापा र भारतीय स्थलसेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेटवार्ता भएको थियो । शिष्टाचार भेटवार्ताका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्वीपक्षीय छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

नेपाली सेनाका तर्फबाट पनि नरवणेलाई नेपालमै बनेका १ लाख थान मेडिकल मास्क र बुद्धको प्रतिमा उपहारस्वरुप प्रदान गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here