काठमाडाैं ।। भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुग्नुभएको छ । वहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे ३ दिने नेपाल भ्रमणका क्रममा आज काठमाण्डौ आउनुभएको हो । वहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत गर्नुभएको थियो ।नरवणे पत्नी विनासहित नेपाल आउनुभएको हो । वहाँको स्वागतार्थ पत्नी सुनिता शर्मा सहित रथी प्रभुराम शर्मा विमानस्थल पुग्नुभएको थियो ।

यसैगरी नरवणे काठमाडौं आउँदा सांकेतिक विरोध गरिएको छ । नेपाल–भारत सीमा विवादमा विवादास्पद अभिव्यक्ति दिएका नरवणेको नेपाल भ्रमणको विरोधमा माइतीघर मण्डलामा २१ वटा साना संघ, संगठनले कालो झण्डासहित प्रदर्शन गरेका छन् । 

तीन दिवसीय भ्रमणको क्रममा जनरल नरवणेलाई यही कार्तिक २० गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने कार्यक्रम रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here