एजेन्सी ।। भारतकाे आज बिहार विधानसभा निर्वाचनको दोस्रो चरणको मतदान भइरहेको छ। १७ जिल्लाको ९४ सिटका लागि निर्वाचन भइरहेको हो। १ हजार ४६३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। २ करोड ८६ हजार मतदाता आजको निर्वाचनमा सहभागी हुनेछन्।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा सहभागीहरु मतदाताहरु लाइनमा बसिरहेका छन्। मतदान बेलुकी ६ बजेसम्म हुनेछन्।
सन् २०१५ मा भएको निर्वाचनमा ९४ सिटमा राष्ट्रिय जनता दलले सबैभन्दा बढी सिट जितेको थियो।
२४३ सिट भएको विहार विधानसभा निर्वाचनमा पहिलो र दोस्रो चरण गरी आधाभन्दा बढी सिटमा मतदान सम्पन्न हुनेछ। २८ अक्टोबरमा ७१ सिटका लागि पहिलो चरणको निर्वाचन सम्पन्न भएको थियो।
बिहारबाहेक भारतको अन्य १० राज्यमा ५४ सिटमा उपनिर्वाचन भइरहेको छ।





