काठमाडाैं ।। दिल्ली क्यापीटल इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ ।अबुधाबीस्थित शेख जायद रंगशालामा गएराति भएको म्याचमा रोयल च्यालेन्जर्स बैंगलौरलाई ६ विकेटले पराजित गरेर १६ अंकसहित दिल्लीले क्वालिफायर यात्रा सुनिश्चित गरेको हो ।बैंगलौरले दिएको १५३ रनको लक्ष्य दिल्लीले चार विकेटको क्षतिमा १९ औं ओभरमा पुरा गरेको हो ।अंक तालिकाको शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्स र दिल्लीबीच आगामी बिहीबार दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा क्वालिफायर–१ मा प्रतिस्पर्धा हुनेछ । विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टीमले इलिमिनिटर विजेताबीच खेल्नेछ ।दिल्लीसँग पराजित भएको बैंगलौरको पनि प्लेअफको स्थान सुरक्षित भएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।