काठमाडाैं ।। बेलायतमा दोस्रो पटक राष्ट्रव्यापी लकडाउनको घोषणा गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएको भन्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले डिसेम्बर २ तारिखसम्मका लागि लकडाउनको घोषणा गरेका हुन् । उहाँले विहीबारदेखि लागू हुने लकडाउन चार हप्ताका लागि जारी रहने बताउनुभयो । यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो ।प्रधानमन्त्री जोनसनले पत्रकार सम्मेलन गरी यस पटकको लकडाउनमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द नहुने जानकारी दिँदै अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताउनुभयो । बेलायतमा कोरोना सङ्क्रमणको दर पछिल्लो समय तीव्र गतिमा थपिँदै गएको छ भने मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।