काठमाडौं ।।  विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ४५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो। पछिल्लो पटक सबैभन्दा बढी अमेरिकामा ९१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। त्यस्तै भारतमा ४९ हजार तथा ब्राजिलमा २६ हजार भन्दा बढी संक्रमित थपिए। पछिल्लो समय अमेरिका र भारतमा दैनिक संक्रमितको संख्या उच्च रहेको छ।

अमेरिकामा संक्रमित संख्या ९२ लाख नाघेको छ। त्यस्तै भारतमा कोरोना संक्रमित हुने ८० लाख तथा ब्राजिलमा ५४ लाख भन्दा बढी पुगेका छन्। विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ५३ लाख भन्दा बढी रहेका छन्।

यस्तै विगत २४ घण्टामा विश्वभर ७ हजार भन्दा बढीको मृत्यु भएको छ। अमेरिकामा सबैभन्दा बढी १ हजार ४७, भारतमा ५ सय ६८ तथा ब्राजिलमा ५ सय ६५ जनाले ज्यान गुमाएका छन्।

कोरोनाबाट विश्वमा मृत्यु हुने मानिसको संख्या ११ लाख ८५ भन्दा बढी रहेको छ। विश्वभर कोरोना संक्रमणमुक्त हुने मानिस ३ करोड २९ लाख भन्दा बढी पुगेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here