सांकेतिक तस्विर

हुम्ला ।। हुम्लाको नाम्खा गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन सुरु भएको छ । कोरोना महामारीका कारण ७ महिनादेखि बन्द रहेका विद्यालय हिजोबाट पुनः सञ्चालनमा आएका हुन् । कोरोना महामारीका कारण शिक्षा क्षेत्र प्रभावित बनेको बन्दै गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नाम्खामा १६ सामुदायिक विद्यालय र एक धार्मिक विद्यालय (गुम्बा) मा गरि १ हजार६० जना विद्यार्थीहरु अध्ययनरत रहेको महाबौद्ध माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाले बताउनुभयो ।गाउँपालिकामा कोरोनाको जोखिम नरहेको र दसैं–तिहारको बीचमा विद्यालय सञ्चालन गर्न अभिभावकहरुले आग्रह गरेपछि गाउँपालिकाले बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु लामाले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here