रौतहट ।। रौतहट जिल्लाको अधिकांश जग्गामा कृषकले रोपिएको धान यतिबेला काट्ने चटारो परेको छ । धानको बाला लहललहाउँदो भई ठिक्क परेपछि रौतहटका किसानलाई धान काट्ने चटारो परेको छ । अहिले रौतहटका अधिकाशं क्षेत्रमा कृषकहरु धान काट्नमा व्यस्त छन् । दशैं बितेसँगै छठ पर्व नजिकिँदै जाँदा एकाबिहानै देखि किसानहरुले मिलेर धान काट्न थालेका छन् ।
किसानहरुले धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकहरूले बताएका छन् । किसानको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको धान बेचेरै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएका हुन् । छठ नजिक आउँदै गर्दा धान पनि पाकेकाले काटेर खर्च जुटाउनै पर्यो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here