रौतहट ।। कार्तिक १० गते अर्थात् विजया दशमी, दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।
तर यसपाली नोबेल कोरोना भाइरसको महामारीबीच रौतहटमा दुरी कायम गर्दै हिजो मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेका छन । रौतहटमा कोरोना भाइरस संक्रमणको महामारीको कारण यस वर्षको टीका लगाउने कार्यक्रम घरमै सीमित भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि धेरैले स्वास्थ्य सुरक्षा अपनाएर घरघरमा टीका लगाएका छन भने यसपटक रौतहटमा हिडडुल पनि कम भएको छ । विगतका बर्षहरुमा रौतहटका विभिन्न शक्ति पिठहरुमा टीका ग्रहण गर्न जानेहरुको थेगी नसक्नुको भिडभाड हुने गरेको थियो । रौतहटमा पनि दिनानुदिन कोरोना संक्रमित बढ्न थालेपछि स्थाानिय नागरिहहरु सचेत भएका छन ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।