काठमाडाैं ।। हाँस्य कलाकार मनोज गजुरेललाई नोबेल कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएको छ। कोभिड १९ को सङ्क्रमण पुष्टि भएको गजुरेलले गएराति सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको छ । गत साता दाजुलाई अस्पताल ल्याउनेलैजाने गरेको र गत बिहीबारदेखि टाउको दुख्ने, ज्वरो आउने र ढाड दुखाई भएको उल्लेख गर्दै उहाँले अस्ति आइतबार पीसीआर परीक्षण गराउँदा हिजो नतिजा पोजेटिभ आएको उल्लेख गर्नुभएको छ । दाजु र आफूलाई कोरोना सङ्क्रमण देखिएकाले स्वास्थ्य सावधानी अपनाउँदै घरमै बसेको पनि गजुरेलले लेख्नुभएको छ । ‘संक्रमणबाट बँच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ। आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा पोजेटिभ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ ।’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।
हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना सङ्क्रमण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।