काठमाडाैं ।। बडादसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजाआरधना गरी महाअष्टमी पर्व मनाइँदै छ । तर, यस वर्ष भने कोरोना महामारीका कारण पूजाआजा साङ्केतिक रुपमा मात्रै गर्न सरकारले आग्रह गरेको छ । आजको दिन दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा रहेको छ ।काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवतीसहित मुलुकका विभिन्न शक्तिपिठहरुमा बलि प्रदान गरेर महाअष्टमी मनाइए पनि यस पटक भने भीडभाड नगराउन सरकारले मन्दीरका पूजारीहरुलाई आग्रह गरेको छ ।आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गर्ने गरिन्छ ।पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् । हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।
यसैबीच कोरोना महामारीको जोखिमका कारण राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दसैंको शक्तपीठको दर्शन र टीका प्रदान गर्ने कार्यक्रम स्थगित गर्नुभएको छ । राष्ट्रापति कार्यालयका अनुसार महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन सर्वसाधारणलाई टीका प्रदानको कार्यक्रम स्थगन गर्नुभएको हो ।
– – –ऋक्ष्ल् – – –
कोरोना सङ्क्रमित बिरामीले स्वःघोषण गरे निःशुल्क उपचार हुने ।।
नोबेल कोरोना भाइरसको जाँच र सङ्क्रमितको उपचार स्वयं बिरामीले गर्नुपर्ने ७ दिनअघिको निर्णय सरकारले नसच्याए पनि मापदण्ड मिल्नेगरी बिरामीले स्वघोषण गरेमा निःशुल्क उपचार गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्दै यसको सङ्केत गर्नुभएको हो । कोरोना महामारीबाट जनताको जीवनरक्षाका लागि सरकार कुनै पनि बहानामा पछि नहट्ने प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले आफै उपचार गर्न नसक्ने नागरिकलाइ सरकारले उपचार गर्ने जानकारी दिनुभयो । विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःसर्त दायित्व रहेको र अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नुपर्ने सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य भएको पनि प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । कोरोना भाइरसको सङ्क्रमदर उच्च बनेको भन्दै आफन्तमा सङ्क्रमण फैलन नदिन विशेष सजगता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो । भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग बालुवाटारमा भेटेको र कुटनीतिक मर्यादा कायम नगरेको भन्दै आलोचना भइरहेको भए पनि प्रधानमन्त्री ओलीले यसबारेमा केही पनि उल्लेख गर्नुभएन । कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले दृढताका साथ काम गरिरहेको बताउँदै उहाँले यसमा आमजनताको सहयोग आवश्यक हुने पनि बताउनुभयो । आमजनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले कुनै पनि कमी हुन नदिने प्रधानमन्त्रीको भनाइ छ ।
बडा दसैँको आज आठौँदिन, दुर्गा भवानाीको पूजा गरीइदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।