काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । उनले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीको सम्बोधन आज साँझ ४ बजेर २५ मिनेट जाँदा नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ ।
नेपालीहरुको महान् चाड दशैंका शुभकामना दिन र पछिल्लो समय भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग भेटवार्ता गरेपछि उठेका विभिन्न विषयको जवाफ दिन प्रधानमन्त्रीले यो सम्बोधन गर्न लागेका हुन् ।
आजको सम्बोधनमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरसबारे पनि सम्बोधन गर्न सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री ओलीको सम्बोधन फरकधारको फेसबुक पेजमा पनि लाइभ आउनेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।