काठमाडौं ।। दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता महेश बाबु नयाँ फिल्मका कारण मात्र नभई सामाजिक कार्यबाट पनि चर्चामा आइरहने गर्छन् । भारतिय मिडियाका अनुसार महेशले हालै बाढी पिडितका लागि भारतीय ठुलो रकम सहयोग गरेका छन् । 

उनले आफुले बाढी पीडितका लागि गरेको सहयोगका बारेमा उनले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् । 

उनले तेलंगानाको चिफ मिनिस्टर फन्डमा  एक करोड जम्मा गराएका हुन् । उनले आफुले सहयोग गरेको बताउदै सबैलाई सहयोगको हात बढाउन आग्रह गरेका छन् । 

यसअघि पनि उनले कोरोना महामारीको लागि भन्दै चिफ मिनिस्टर फन्डमा एक करोड रुपैयाँ दिएका थिए । गएको हप्ता तेलंगानामा गएको बाढीका कारण ५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here