रौतहट ।। रौतहटको माधवनारायण नगरपालिकामा एक कार्यक्रमकाबिच प्रदेश २ का भुमि ब्यबस्था तथा कृषि राज्यमन्त्रि योगेन्द्र राय यादवको प्रमुख आतिथ्यमा विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । माधवनारायण नगरपालिकाको वडा नम्बर ९ गढोरघुनाथपुरमा सो सामग्री बितरण गरिएको स्थानिय सुनिल कुमार यादवले बताउनु भयो । राज्यमन्त्रि यादवको कै पहली कदमबाट सो स्थानमा आरडिसी नेपालको आर्थिक सहयोगमा ३८ थान पानी खाने प्लाष्टिकका बाल्टिन र हात धुने सावुन स्थानियलाई बुधबार एक कार्यक्रकाबिच बितरण गरिएको जनाइएको छ । माधवनारायण नगरपालिकाका नागरिकहरुमा कोरोना संकटको समयमा हात धुनको लागी आवश्यक सावुन तथा बाल्टिनको अभाव भएको माग भएकाले आफुले सोही अनुसार सो क्षेत्रका नागरिकलाई बाल्टिन र सावुन उपलब्ध गराइएको मन्त्रि यादवले बताउनु भयो । हिन्दुहरुको महान पर्वहरु विजया दशमी शुभ दिपावली तथा छठ पर्वको आगमनसंगै कोरोनाले आक्रान्त बन्न सक्ने भन्दै भिडभाड तथा सरकारले निर्माण गरेको स्वास्थ्य मापदण्डको पालना गर्नु पर्नेमा जोड दिनु भयो ।
Home प्रदेश समाचार मधेश प्रदेश कृषि राज्यमन्त्रि यादवको पहलमा माधवनारायणमा विभिन्न स्वास्थ्य सामग्री वितरण
कृषि राज्यमन्त्रि यादवको पहलमा माधवनारायणमा विभिन्न स्वास्थ्य सामग्री वितरण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












