काठमाडौं ।। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा छठ लगत्तै लिने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) एक सूचना सार्वजनिक गरी कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। मंसिर ९ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ।

गत बैसाख ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षण कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका अनुसार परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन हुनेछ।

कोरोना संक्रमण भएर उपचार गराइरहेका विद्यार्थीलाई परीक्षा केन्द्रमा उपस्थित नहुन बोर्डले आग्रह गरेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here