काठमाडाैं ।। सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई दिइएको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ताको जिम्मेवारीका विषयमा छलफल नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि गुरुङलाई जिम्मेवारी दिनुभएको हो । सुरुवातमा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई प्रवक्ता तोकिएको थियो । त्यसपछि सञ्चार मन्त्रालयको पनि जिम्मेवारी सहित निवर्तमान अर्थमन्त्री युवराज खतिवडलाई प्रवक्ताको जिम्मेवारी दिइयो । खतिवडाको राजीनामापछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो जिम्मेवारी सम्हाल्नुभएको थियो । यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट २८ असोजमा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here