सागर संगम ।। रौतहट ।। रौतहट प्रहरीले लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं ५ स्थित पानी टयाङकी बाट कटहरीया भसेडवा बिच सडक खण्डमा चेकजाचको क्रममा प्रहरीले आधा केजी लागु औषध गाजा बरामद गरेको हो ।
गजा सहित पक्राउ पर्नेमा कटहरिया नगरपालिका वडा न.१ भसेडवा खोर टोलका बासिन्दा तपसी दासको छोरा अन्दाजी बर्ष २२ को संजय दासले आफ्नो झोलामा झुण्डयाई ल्याएको रातो रंगको झोला भित्र प्लाष्ट्रिकको थैलीमा लागु औषध गँजा बरामद गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । पक्राउ परेका निजलाई समान्नित रौतहट जिल्ला अदालत गौरबाट पहिलो पटक १५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अगाडी भढाईएको प्रहरीले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।