काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जना कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमका अनुसार योसँगै कूल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।

त्यस्तै २४ घण्टामा २ हजार १७४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।

देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा संक्रमितको मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here