एजेन्सी ।। बलिउड अभिनेत्री अदा शर्माले नयाँ फोटोशूटमा फरक स्टाइल तथा लूक्सको प्रदर्शन गरेकी छन् ।
इन्स्टाग्राम अकाउन्टमा फोटो शेयर गर्दै उनले लहंगा लगाइन् अनि चोलीको ठाउँमा फूल राखिन् । प्रयोगकर्ताहरूले अदाको मजाक उडाए । उनले गुलाफी र नीलो रंगको रेशमी लहंगा लगाएकी थिइन् । अनि उनले बोल्ड एक्सपेरिमेन्ट गर्दै चोलीको साटो फूल लगाइन् ।
गहनाको कुरा गर्दा उनले सुन र मोतीका चुरा, औंठी र बाली लगाइन् । कपाललाई उनले खैरो र नीलो रंगमा रंगाइन् । यस लूकमा उनी निकै सुन्दर देखिइन् । प्रयोगकर्ताहरूले चाहिँ उनको मजाक उडाउँदै ‘खेतमा उम्रने घाँस लगाएर के हिँडेकी’ भने ।
अनि केहीले उनलाई गाई र बाख्राबाट जोगिने सल्लाह दिए । ‘फूल ओइलाउने हो कि’, ‘चिलाउला नि’ भन्ने जस्ता कमेन्टहरू पनि आए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।