काठमाडाैं ।। नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख १० हजार भन्दा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका डा. जागेशवर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।यसका साथै देशभर कोरोना संक्रमितको कुल संखया १ ला ११ हजार ८ सय २ पुगेको छ ।
त्यसतै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।कोरोना भाइरसबाट निको हुनेहरुको जम्मा संखया ७७ हजार २ सय ७७ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
अब नेपालमा ३३ हजार ८ सय ८० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ३१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
देशभर पछिल्लो २४ घण्टामा ४ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।