राैतहट ।। हाम्रो अवाज हाम्रो साझ भबिस्य भन्ने मुल नाराका अन्तर्राष्ट्रिय बालिका दिवस आइतवार रौतह्ट जिल्ला भरी मनाइएको छ । विभिन्न दात्री निकायको सहयोग,स्थानिय पालिकाहरुको सह्कार्यमा ग्रामिण बिकास केन्द्र आर डि सि नेपालको आयोजनामा जिल्लाका सदरमुकाम गौर सहित ठाउँ ठाउमा विभिन्न कार्यक्रमहरु गरि बालिका दिवस मनाइएको छ।सो क्रममा सदरमुकाम गौरको बिपि चौकमा मैनवती प्रज्वलन गर्दै कोण सभाको आयोजना गरिएको थियो।

मैनवती प्रज्वालन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गौर नगरपालिकाका उप प्रमुख किरण ठाकुर ले बालिका देशको भबिस्य र बर्तमान दुबै रहेको बताउनु भएको छ। वहाले पछिल्लो समय बढदै गएको महिला हिंसाका घटाना प्रती चिन्ता प्रकट गर्दै यस प्रती गम्भिर बन्न राज्यलाई आग्रह गर्नु भएको छ।वाहा आफू पनि महिला अधिकारकर्मी रहेको बताउदै बालिका र महिला प्रती रहेको सोचले समाजको बिकाश हुन नसक्ने ठोकुवा गर्नु भयो।यता आजै इशनाथ ,परोहा,कटहरिया,गुजरा र राजदेवी लगायतका नगरपालिकाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ।

अक्स्फाम इन नेपालको सहकार्यमा इशनाथ नगरपालिकाको औरिया,मठिया ,जटहारा तथा परोहा नगरपालिकाको नरकटिया र रामपुर खापमा अलग अलग कार्यक्रमहरु आयोजना गरिएको हो।विभिन्न सामुदायिक छलफल केन्द्रहरुले गित ,बक्तृत्वकला ,मैनवती प्रजवलन,मानव साङ्गलो लगायतका कार्यक्रमहरुको आयोजना गरेको थियो।यस्तै कटहरिया,गुजरा र राजदेविमा हस्ताक्षर सन्कलन गरिएको थियो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here