काठमाडौं ।। नेपालमा आज पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या १०७७५५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १५५२ जना निको भएर घर फर्किएका छन् । यसका साथै देशभर कोरोना संक्रमणबाट निको हुनेहरुको जम्मा संख्या ७५८०४ पुगेको छ ।
त्यस्तै आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसका काराण २२ जनाको मृतयु भएको छ । मृत्यु हुनेमा ५ जना महिला र १७ जना पुरुष रहेका छन्। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।
मन्त्रालयका अनुसार आजको पीसीआर १२४२७ छ भने हाल क्वारेन्टिनमा ४६१३ जना रहेका छन्। हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ३१३१५ जना छन्। त्यसमध्ये १३६४९ जना संस्थागत आइसोलेसन र १७६६६ जना होम आइसोलेसनमा रहेका छन्।
आज थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।