काठमाडाैं ।। अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारबीच आयोजना गरिने दोस्रो टिभी बहस रद्द गरिएको छ । राष्ट्रपतीय बहस आयोगले राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जो बाइडेनबीच हुने दोस्रो टिभी बहस रद्द गरिएको शुक्रवार जनाएको हो ।राष्ट्रपति ट्रम्प भर्चुअल बहसमा लागि तयार नभएको तथा उहाँमा भएको कोरोना संक्रमणका कारण प्रत्यक्ष बहसमा आयोजना गर्न नसकिएकाले कार्यक्रम नै रद्द गरिएको आयोजकले जनाएका छन् ।वाल स्ट्रिट जर्नलले लेखेको समाचारलाई उधृत गर्दै सिएनएनले भनेको छ, अब दुई उम्मेदवारबीच नासभिलेमा तेस्रो टिभी बहसका क्रममा भेट हुनेछ ।अक्टोवर १५ मा मियामीमा आयोजना गरिएको दोस्रो बहस रद्द गरिएको जानकारी दिँदै आयोगले अब आफ्नो सम्पूर्ण ध्यान अक्टोबर २२ मा हुने तेस्रो बहसका लागि केन्द्रित गर्ने जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here