काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा ७३२ महिला र १३२७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यसका साथै देशभर कुल संक्रमितको संख्या एक लाख नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म १ लाख ६७६ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६८० जना संक्रमणमुक्त भएका छन् । यसका साथै दशभर कोरोना भाइरसबाट निको हुनेहरुको संख्या ७३ हजार २३ पुगेको छ । भने देशभर २७ हजार ५३ संक्रिय संक्रमित छन् ।
कोरोनाबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टायता मृत्यु हुनेमा एक जना महिला र ९ जना पुरुष रहेका छन्। मृत्यु हुनेमा झापामा २९  र ५२ वर्षीय, सुनसरीमा ४६,५२ र ६८ वर्षीय, ललितपुरमा ८४ वर्षीय, रुपन्देहीमा ४७ र ८४ तथा काठमाडौंमा ७१ वर्षीय पुरुष तथा ८७ वर्षीया एक महिलाको पनि मृत्यु भएको छ।
यससँगै नेपामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here