एजेन्सी ।। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मुद्दामा अहिले सबैभन्दा बढी चर्चामा आएकी छिन्, अभिनेत्री कंगना रनौट । सुशान्त सिंह राजपुतको निधनपछि एम्स अस्पतालले दिएको रिपोर्टमा उनले आत्महत्या नै गरेको ठोकुवा गरिएको छ ।
अब यही विषयमा सामाजिक सन्जालमा अभिनेत्री कंगना ट्रोलरहरुको शिकार बनेकी छिन् ।
ट्रोलरहरुले निकै बढी ध्यान दिन थालेपछि कंगनाले यसको पनि जवाफ दिएकी छिन् । उनले भनेकी छिन्, ‘मैले झुठो बोलेको छैन, मैले गलत आरोप लगाएको छैन । यो एक क्षत्रीको वचन हो । म रामभक्त हुँ, प्राण जानसक्छ तर वचन जाँदैन । जय श्री राम ।’
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।