काठमाडौं ।। फिल्म चलते चलते बाट चर्चा कमाएका बलिउड अभिनेता विशाल आनन्दको निधन भएको छ । उनको आईतवार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
लामो समय यता बिरामी रहेका उनको निधनले बलिउडमा शोकमा डुबेको छ । उनी बलिउडका चर्चित अभिनेता देव आनन्दका भतिजा थिए । आफ्नो अभिनय जीवनमा आनन्दले अशोक कुमार, सिमी ग्रेवाल र मेहमूद जस्ता ठूला कलाकारहरुसँग काम गरेका छन् । अभिनयका साथै उनले केही चलचित्र निर्देशन र निर्माण पनि गरेका छन् ।
फिल्म चलते चलते सन् १९७६ मा रिलिज भएको थियो । उनले जम्मा ११ वटा फिल्ममा नै काम गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here