समाजिक सञ्जाल

काठमाडाैं ।। प्याब्सनमा आबद्ध विद्यालयका शिक्षकहरूले मासिक तलब (पारिश्रमिक) पाउने भएका छन् । पत्रकार सम्मेलनमा प्याब्सन सिन्धुलीका अध्यक्ष मास्केले प्याब्सन सिन्धुलीमा आबद्ध विद्यालयहरुले आफ्नो विद्यालयमा कार्यररत सबै शिक्षकलाई मासिक तलब दिने सहमती भएको जानकारी दिनुभयो । प्याब्सनमा आवद्ध सिन्धुलीका अधिकांश विद्यालयहरुले गत बर्षको चैतसम्मको तलक सबै शिक्षकहरूलाई दिईसकेको अध्यक्ष मास्केले बताउनुभयो । यस बर्षको असारसम्मको पनि ४० प्रतिशत भन्दा बढी तलब शिक्षकहरुलाई दिएको उहाँको भनाइ छ । अहिलेको अप्ठ्यारो समयमा केही ढिला भने हुनसक्ने भन्दै उहाँले भन्न्ुभयो, ‘महिना मर्ने बित्तिकै नहुन पनि सक्छ तर हिसाब गरेर तलब दिन्छौं ।’ जिल्लाका ४९ निजी विद्यालय मध्ये ३३ विद्यालय प्याब्सन सिन्धुलीमा आबद्ध छन् भने करिव २० हजार विद्यार्थी अध्ययरत छन् । झन्डै ५ सय शिक्षक, कर्मचारी कार्यररत रहेका प्याब्सनले जनाएको छ । एनप्याब्सनमा १६ विद्यालय आबद्ध छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here