काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको जानकारी दिनुभयो । आज थपिएका सङ्क्रमितसँगै देशभर कुल सङ्क्रमितको संख्या ८२ हजार नाघेको छ । आज काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् ।काठमाडौंमा १ हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जना कोरोना सक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । आजसम्म ८२ हजार ४ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३ सय ७ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको मन्त्रालयले जनाएके छ । हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनाको निधन भएको छ । निधन हुनेमा चारजना महिला र सातजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसमेत देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५ सय २० पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here