काठमाडौं ।। पूर्वराष्ट्रपति डा. रामवरण यादवलेसरकारले तत्काल डा. गोविन्द केसीको माग सम्बोधन गर्नु पर्ने बताएका हुन् । शुक्रवार त्रिवि शिक्षण अस्पताल पुगेर अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बुझेका छन् ।
डा. केसीलाई भेटेपछि पत्रकारसँग कुरा गर्दै उनले भने डा. केसीले जनताको माग उठाएकाले वार्ताको माध्यमबाट सरकारले उहाँको माग तत्कबाल सम्बोधन गनुपर्छ ।
जुम्लाको सिंहाचौरस्थित बाबिरामस्ट मन्दिरमा अनसन बसेका डा। केसीलाई स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि काठमाडौं ल्याइएको थियो । डा। केसी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा जान खोजे पनि प्रहरीले जबरजस्ती ट्रमा सेन्टरमा पुर्याएको थियो । पछि डा। केसीको आग्रहमा शिक्षण अस्पतालमै पुर्याइएको थियो । आज डा। केसी अनसन बसेको १९ दिन पुगे पनि समस्या समाधानका लागि अहिलेसम्म सरकारले कुनै पहल गरेको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here