वासिङटन ।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ । ट्रम्पले आफूलाई कोरोना भएको आज ट्वीटरमार्फत जानकारी दिएका हुन् ।आफ्ना सल्लाहकार होप हिक्समा कोरोना पुष्टि भएपछि ट्रम्पले बिहीबार बेलुकी कोरोना परीक्षण गराएका थिए ।‘आज राति मेलेनिया र मलाई कोभिड–१९ पोजेटिभ भएको छ’, ट्रम्पले भनेका छन्, ‘तुरुन्तै हामी क्वारेन्टिन तथा उपचार प्रक्रियामा हामी जान्छौँ ।’
अमेरिकामा अहिलेसम्म विश्वकै सबैभन्दा धेरै ७४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये १ लाख १२ हजारको ज्यान गएको छ भने ४७ लाख ३६ हजार उपचारपछि निको भएका वल्ड्रोमिटरले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।