रौतहट ।। रौतहटको राजपुर नगरपालिकाका एक वडा अध्यक्षले भ्रष्टाचार गरेको भन्दै स्थानीयले वडा कार्यालय घेराउ गरेका छन । राजपुर नगरपालिकाको वडा नम्बर ७ अकोलवाका वडा अध्यक्ष शेख इन्ताजुल हकले भ्रष्टाचार गरेको भन्दै स्थानीय बासिन्दाहरुले आज नारावाजी गरेका हुन । वडा अध्यक्ष हकले मेयर सकिल अख्तर साथै वडा सचिवको मिलेमतोमा विकासको नाममा वडाको बजेटमा ब्रहमलुट मच्चाएको आरोप लगाएका छन् । कागज सडक ढलान गरि रकम निकासा गरेको , केही ठाउँ ढलान गरिएको सडकको गुणस्तरहित भएको , वृद्ध तथा बालबालिका लगायतका भत्ता बितरणमा अनियमितता गरेको, विभिन्न जनचेतना मुलक तालिम गोष्ठी नगरि करिब २० लाख रकम सामाजिक बिकासको नाममा झिकेको आरोप स्थानीयले लगाएका छन् । यस्तै कोरोनाबाट प्रभावित स्थानीय गरिब निमुखाको नाममा आएको रकम बितरण नगरेको , मन्दिर निर्माणका लागि आएको रकम हिनामिना गरेको, सिफारिस गराउन जादा स्थानीयलाई दुख दिने काम गरेको वडा कार्यालयमा नबसि सदरमुकाम गौर बाटै वडा कार्यालय चलाएको आरोप वडा अध्यक्षलाई स्थानीयले लगाएका छन् । वडा अध्यक्ष शेख इन्ताजुल हकले आफूले एक रुपैयाँ पनि भ्रस्टचार नगरेको दाबी गर्नुभएको छ । आफ्नो स्वार्थ पूरा नहुँदा आफूलाई बद्नाम गर्न आफ्ना बारेमा कपोकल्पित एवं झूठा आरोप लगाएको उहाँको भनाइ रहेको छ । अबको दुई तीन दिन भित्रमा आफूले गरेको सम्पूर्ण विकास निर्माणको कामको खर्च जनताको बीचमा सार्वजनिक गर्ने वडा अध्यक्ष हकले बताउनु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here