एजेन्सी ।। भारतमा कोरोना संक्रमितको संख्या बढदै क्रममा रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप ८० हजार ४ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यसका साथै भारतमा कोरोना संक्रमितको जम्मा संख्या ६२ लाख २५ हजार ७ सय ६३ पुगेको छ ।
त्यस्तै कोरोना भाइरसका कारण भारतमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ७९ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको जम्मा संख्या ९७ हजार ४ सय ९७ पुगको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ५१ लाख ८७ हजार ८ सय २५ रहेको छ भने ९ लाख ४० हजार ४ सय ४१ सक्रिय संक्रमित रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here