काठमाडाैं ।। सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।अबुधाबीमा गयराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो ।शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।दिल्लीका शिखर धवनले ३४ तथा ऋषब पन्तले ३२ रन बनाउनुभयो ।दिल्लीलाई सस्तैमा समेट्न राशिद खानले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिनुभयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।हैदराबादका लागि जोनी बेयर्स्टोले ५३ रन, डेभिड वार्नरले ४५ रन तथा केन विलियम्सनले ४१ रन बनाउनुभयो ।दिल्लीका अमित मिश्रा र कागिसो राबडाले २, २ विकेट लिनुभयो ।जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ र तालिकाको छैठौं स्थानमा छ । दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ । आईपीएल क्रिकेटमा आज कोलकत्ता नाईट राईडर्स र राजस्थान रोयल्स् बीच प्रतिस्पर्धा हुनेछ ।
आईपीएल : हैदराबादकाे पहिलो जित, दिल्ली १५ रनले पराजित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।