File Photo

रौतहट ।। किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवकलाई राैतहट प्रहरीले पक्राउ गरेको छ । सोमवार राति रौतहटको कटहरिया नगरपालिका वडा नम्वर १ भसेढवा गाउँको परसवनी टोलका ३५ बर्षिय युवक इन्दल दासलाई प्रहरीले १५ बर्षिया किशोरी संग बलात्कार गरेकोे आरोपमा प्रहरीले प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय एक १५ बर्षिया किशोरी घर नजिकैको धारामा गए राति राती ९ बजेको समयमा पानी लिन गएकी थिईन तर उक्त स्थानमा कोही नभएको मौका छोपि आरोपित युवक दासले पछाडीबाट किशोरीको मुख थुनेर नजिकैको धानखेतमा लागि बलात्कार गरेको पीडिताको परिवारजनले बताएको छ ।

रातिको समय भएको हुँदा पीडिता किशोरीले हार गुहार माग्दा मुख छोपेको हुँदा कोही बचाउन जान सकेनन अन्तत ः किशोरी घरमा आएर घटनाबारे आफनो आमालाई बताएपछि पीडिताको बाबुले इलाका प्रहरी कार्यालय कटहरियालाई गरेको खबरको आधारमा सई लतिफ अन्सारीको कमान्डमा गएको टोलिले आरोपी दासलाई राती १२ बजे पक्राउ गर्न सफल भए ।

पक्राउ परेका आरोपी दासलाई ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको र पीडित पक्षको जाहेरीको आधारमा निजमाथि जबदस्ती करणी सम्बन्धी ऐनमा कारवाही चलाउने तथा मंगलवार साँझ सम्म म्याद थप गर्ने तयारीमा प्रहरी जुटेको इप्रका गरुडाको श्रोतबाट थाहा भएको छ । पीडिता किशोरीको गौर अस्पतालमा स्वास्थ परिक्षण भईरहेको समेत बुझिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here