राैतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर १ र वड़ा नम्बर ५ मा निर्माण भएको आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको आइतवार एक कार्यक्रम विच उदघाटन गरिएको छ ।
स्थानीय स्तरमा प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले निर्माण गराइएको आधारभूत स्वास्थ्य सेवा केन्द्रको १ तल्ले भवनको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले समुद्घाटन गरेका हुन ।
गौरमा एक मात्र जिल्ला अस्पताल रहेको अवस्थामा स्वास्थ्य सेवामा पहुंच नहुने समुदायका व्यक्तिलाई स्थानीय स्तरमै स्तरीय प्राथमिक सेवा पुर्याउने लक्ष्य नगरपालिकाको रहेको नगर प्रमुख गुपताले बताएका छन ।
वड़ा नम्बर १ मा वड़ा अध्यक्ष भरत साहको अध्यक्षतामा तथा वड़ा नम्बर ५ को स्वास्थ्य भवन वड़ा अध्यक्ष राम स्वार्थ राय यादवको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा मेयर गुप्ताले नगरपालिकाका ६ वटा वड़ामा नया स्वास्थ्य केन्द्रको भवन निर्माण भएको र ४ वटा भवनको निर्माण कार्य संपन्न भइसकेको बताए । निर्माण कार्य संपन्न भएको मध्ये २ वटाको आज आफ्नै कार्यकालमा उदघाटन गर्न पाउदा हर्षित भएको उल्लेख गर्दै २ वटा भवनको उदघाटन चाडै नै हुने जानकारी गराए !
केहि समस्याको कारण वडा नम्बर २ मा निर्माण भएको स्वास्थ्य सेवा केन्द्रको भवनको उदघाटन ढिलो हुने बताउँदै मेयर गुप्ताले नगरबासीले आफ्नै ठाउमा स्तरीय स्वास्थ्य सेवा लिन पाउने विश्वास व्यक्त गरे । आजबाट नियमित रुपमा सञ्चालन भएका आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अ हे व १ जना , अ न मि एक जना स्वास्थ्यकर्मी स्वास्थ्य सेवा प्रदान गर्ने छन ।
समुदघाटन कार्यक्रममा गौर नगरपालिकाका नगर उप्रमुख किरण ठाकुर ,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान , वड़ा अध्यक्षहरु शेख जमशैद , भुनेश्वर कुमार शाही , राजेश सिंह , मजहर खान , जनार्दन साह ,राकेश झा , विद्यार्थी नेता भाई ओमप्रकश साह मधेशिया लगायत विभिन्न क्षेत्रबाट सम्वन्धित व्यक्तिहरू सहभागी भएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here