रौतहट ।। रौतहटमा एक दम्पति माथी भएको आक्रमणले श्रीमतीको हत्या भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका वार्ड नं ५ टिकुलियाका महेश तिवारी दम्पति माथी ४ जनाका समुहमा आएका हतियारधारी समुहले खुकुरी र खुडाले आक्रमण गर्दा महेश तिवारीका पत्नी जगरामी देविको मृत्यु भएको छ ।
सामुहीक आक्रमणबाट गम्भीर घाइते भएका तिवारीको बिरगञ्ज स्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते तिवारीको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ ।
बाटो निकालने विवादलाई लिएर भएको घटनाको रिसीवीले शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित ४ जना मिलेर दम्पती माथी आक्रमण गरेको स्थानियले बताएका छन् ।
घटनामा संलग्नहरु रहेका प्रजित मुखिया र सोनालाल मुखिया दाजुभाई हुन भन्ने अन्य ३ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्याल रौतहटका प्रहरी उपरिक्षक सिद्धिविक्रम शाहले बताएका छन् ।
साँझ साढे ८ बजेको समयमा गाउँमा गफ गरेर बसिरहेको अबस्थामा खुकुरी साथमा आएका समूहले महेशलाई मार्ने धम्की दिएको स्रोतले जनाएको छ । ज्यान मार्ने धम्की वारे महेशले ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका इन्सपेक्टर मेदनी शाहलाई फोन गरेर जानकारी गराए लगतै महेश दम्पतीमाथि आक्रमणकारीले आक्रमण गरेका थिए ।
श्रीमान महेशलाई बचाउन खोज्दा जगरानी देवीको टाउको र घाँटीमा खुखरी प्रहार भए पछि उनको मृत्यु भएको स्थानियहरुको भनाई रहेको छ । गाउँले होहल्ला गरेपछि आक्रमणकारी भागेका थिए ।
वितेको असार महिलनामा मुखिया परिवार र दुवे परिवार बिच बाटोको निकाश निकालने बारेमा विवाद भएको थियो । सोही विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । त्यसको रिसले तिवारी दम्पतीमा मााथि आक्रमण भएको र घटना स्थलमै श्रीमती जगरामी देवीको हत्या भएको हुन सक्ने प्रहरिको प्रारम्भिक अनुसंधानबाट देखिएको श्रीतेले बताए ।
तिवारी हत्यामा संलग्न मध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहाले जानकारी गराएका छन् ।

पछिल्लो समय रौतहटमा लागातार भई रहेको हत्याका घटनाले जिल्ला वासीमा त्रास बढे संगै जिल्लाको सुरक्षा व्यवस्था कमजोर भएको देखिन्छ । यस अघि पनि गरुडा नगरपालिका वाड नं. ८ का निरन्जन राम, माधब नारायण नगरपालिका वाड नंं. ४ का पुजारी र गडीमाइ नगरपालिका वाड नं.२ का एक महिलाको हत्या भएको थियो । निरंजन रामको हत्यामा संलग्न रहेको भन्दै विजय रामलाई पक्राउ गरेको थियो तर विजयलाई प्रहरीले दिएको यतनाको कारण मृत्यू भएको घटनाले समेत रौतहट नेपाल प्रहरी माथीनै शंका हुन थालेको छ । कही पुरानै हत्या हिंसावाला रौतहट फेरी बन्ने होकी स्थानीयहरुका त्रास बढेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here