काठमाडाैं ।। कोभिड–१९ विरुद्ध खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोना भाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक यूके बन्न सक्ने बताइएको छ। ‘च्यालेन्ज ट्रायल’ भनिने त्यस्तो किसिमको परीक्षण लन्डनमा सम्पन्न गरिने वीवीसीले लेखेको छ। त्यस्ता स्वयंसेवकलाई कोरोना भाइरसबाट जानाजान सङक्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता जाँच्न खोजिनेछ । यूके सरकारले ह्यूमन च्यालेन्ज स्टडीज मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ । तर हालसम्म कुनै पनि किसिमको सम्झौता भने गरि नसकिएको बीबीसीले आफ्नो वेइवसाइटमा लेखेको समाचारमा उल्लेख छ ।
Home अन्तराष्ट्रिय स्वस्थ स्वयंसेवकहरूलाई कोरोना भाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक यूके बन्न सक्ने





