एजेन्सी ।। विश्वभर कोरोना संक्रमणबाट नौ लाख ८२ हजारको मृत्यु, ७५ लाख सक्रिय संक्रमित
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड– १९० संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख ८२ हजार पुगेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड– १९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड २१ लाख छ । कुल संक्रमितमध्ये दुई करोड ३६ लाख निको भएका छन् भने करिब ७५ लाख मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६२ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।





