काठमाडाैं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको जम्मा संख्या ६६ हजार ६ सय ३२ पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ८ सय २३ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार एक सय ५४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । हाल देशभर १८ हजार १ सय ४२ जना सक्रिय सङ्क्रमित छन् । ७ हजार एक सय७१ जना भने क्वारेन्टाइनमा रहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here