मुग ।। मुगुमा भिर बाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोंग गाउपालिका वडा नं ४ किम्रीका अन्दाजि वर्ष ३१ का आङधाक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।कार्यालयका अनुसार सोही गाउपालिकाको वडा नं ३ स्थित पोमुङ लाक्पा जंगलमा झोपा गाई चराउन गएको अवस्थामा करिब ४० मिटर तल खसि भीर बाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार मृत्यु असोज १ गते भएको हो ।





