काठमाडाैं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताउनुभएको छ ।उहाँले जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्ष चरण सम्पन्न भएकाले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमानदार प्रयास जारी राख्न सबैमा आह्वान पनि गर्नुभएको छ ।संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले देशभित्र र बाहिर रहनुहुने सबै नेपालीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि पाँच वर्षअघि आजकै दिन जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको थियो । त्यही ऐतिहासिक क्षणको सम्झना र सम्मान गर्न संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा समेत मनाइने गरिएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि लागू हुने गरी नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा २८९ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद माफी मिनाह गर्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here